गण्डकी प्रदेशका ज्येष्ठ सांसद मित्रलालले लिए सपथ (तस्बिरहरु)

पाेखरा | पुस १३, २०७९

गण्डकी प्रदेशका ज्येष्ठ सांसद मित्रलालले लिए सपथ (तस्बिरहरु)

पोखरा:   गण्डकी प्रदेशसभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले आज (बुधबार) पद तथा गोपनीयताको सपथ लिएका छन् । 

 

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १८२(५)र प्रदेशसभा निर्वाचन ऐन २०७४ को दफा ७५(१) बमोजिम आज ज्येष्ठ सदस्य मित्रलाल बस्याललाई सपथ ग्रहण गराएका हुन् ।

 

 

आज (बुधबार)  पद तथा गोपनीयताको सपथ लिएका गण्डकी प्रदेश सांसद बस्यालले भोलि (बिहिबार) गण्डकी प्रदेशका अन्य सांसदहरुलाई प्रदेश सभा भवनमा पद तथा गोपनीयताको सपथ खुवाउनेछन् । 

 

गण्डकी प्रदेशसभामा ज्येष्ठ सदस्यका रुपमा सपथ ग्रहण गरेका बस्याल पर्वत निर्वाचन क्षेत्र नं १(२) बाट निर्वाचित भएका थिए ।
 

 

गण्डकी प्रदेश सभामा कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा ९ सिट गरि कुल २७  ल्याएर गण्डकी प्रदेशको ठुलो दल बनेको छ। नेपाल कम्युनिष्ट पार्टी एमाले २२ सिटसहित दोस्रो दलको भूमिकामा छ । एमालेले प्रत्यक्षमा १२ र समानुपातिकमा १० सिट निधो गरेको हो । 

 

त्यसैगरि माओवादी केन्द्रले प्रत्यक्षमा ५ र समानुपातिकमा ३ सिट गरि ८ सिटसहित तेस्रो दल बनेको छ ।  २ सिटसहित गण्डकी प्रदेशमा चौथो दलको हैसियतमा देखिएको राष्ट्रिय प्रजातन्त्र ९राप्रपा० पहिलो पटक संसद प्रवेश गर्नेछ । भने नेकपा एकीकृत समाजवादीले स्वतन्त्र निर्वाचित भएका राजीव गुरुङ ९दीपक मनाङे० लाई पार्टी प्रवेश गराएसँगै १ सिटमा उपस्थिति जनाउनेछ ।

 

तस्बिर: अर्जुन (सुशान्त) गाहा मगर

 

 

 

 

 

 

 

पोखरा:  कास्की आइडलको गायनतर्फको उपाधि रोजिता घताने र नृत्यतर्फको उपाधि शिखा पुनले हात परेका छन् । रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा शनिवार सम्पन्न गायन तथा नृत्य प्रति...

थप पढ्नुहोस्

काठमाडौं: २०८२ साल फागुन २१ मा सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बन्दसूचीमा समावेश भएका उम्मेदवारले सोमबार नाम फिर्ता लिन सक्ने बताइएको छ।  समानुपातिक निर्वाचन प्रणालीका निर्वाचन अधिकृ...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाली कांग्रेसको विशेष महाधिवेशनमा २६ सय ६२ प्रतिनिधिले नाम दर्ता गराएका छन् । आइतबार काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशनको उद्घाटन गरिएको थियो । बन्दसत्र भने भोलि (सोमबार) हुनेछ ।&nb...

थप पढ्नुहोस्